सौगातसँगको प्रेम चर्चा बारे यसो भन्छिन् सृष्टि (पुरा पढ्नुस्)
अभिनेता सौगात मल्ल र पुर्व मिस नेपाल तथा ‘गाजलु’ नायिकाबिच अफयेरको चर्चा छ । यद्पी सौगात र सृष्टि दुवैले यो चर्चाबारे कुनै पनि मिडियासँग आफ्नो अभिव्यक्ति दिएका छैनन् । मज्जाको अनलाइन डटकमका उत्सब रसाईलीसँग सृष्टिले सौगातसँगको प्रेम चर्चादेखि विविध विषयमा पहिलो पटक मुख खोलेकी छिन् । उनकै शब्द शैलीमा सृष्टिसँग गरिएको कुराकानीलाई हामीले यहाँ प्रस्तुत गरेका छौं ।
‘ह्याम्लेट’ देखि साथी भयौं
सौगातलाई मैंले पहिल्यैदेखि चिनेको हुँ । तर ‘ह्याम्लेट’ देखि चाहिं हामी राम्रो साथी भयौं । हो, हामीलाई सँगै देख्दा मान्छेहरुलाई अचम्म लाग्न सक्छ । तर हामी राम्रो साथी मात्रै हौं । त्यस्तो केही होइन । लभको गसिप पढ्दा आफैंलाई अचम्म लाग्छ ।
सौगातलाई सुटिङमा भेट्दा ‘गाजलु’ टिम पनि थियो
सौगातलाई भेट्न सृष्टि सुटिङमै पुग्यो भन्ने गसिप पनि पढें । तर सौगातलाई पोखरा भेट्न जाँदा त्यतिखेर ‘गाजलु’ फिल्मको प्रचार प्रसार चलिरहेको थियो । हामी पनि पोखरामा पुगेका थियौं । उस्को (सौगात) को पनि सुटिङ त्यही थियो । म भेट्न गएको हो । तर उसलाई नै भेट्न भनेर चाहिं गएको होइन । म भेट्न जाँदा ‘गाजलु’ टिम नै थियो ।
‘झुम्की’ हेर्दा एक्लै भयौं
हो हामी ‘झुम्की’ हेर्न सँगै गएका हौं । खासमा हाम्रो अर्को साथी पनि फिल्म हेर्न आउने कुरा भएको थियो । ऊ अन्तिममा आएन,अनि हामी मात्रै भयौं । म साथीहरुसँग फिल्म हेर्न गइरहेको हुन्छु ।
‘एस’ लाई फोटोसपबाट थपियो
सौगातसँगको प्रेमको हल्ला साँचो नै होइन । यसैले नलेखिदिए जस्तो लाग्छ । मैंले यस बारेमा कुनै स्पष्टिकरण दिएको पनि छैन । यसैले समाचार बन्नु सामान्य नै हो । तर फोटोलाई फोटासपबाट मिलाउँदा चाहिं हाँसो उठ्यो । मैंले एस अनि हार्ट बनाएको थिएँ पछि त अर्को एस पनि थपिएछ ।
सौगातको मिहेनत मन पर्छ
राम्रोसँग चिनेको ६ महिना मात्रै भयो । तर हामी मिल्ने साथी छौं, म यसमा खुसी छु । हामीबिच भोलि केही हुन्छ जस्तो पनि लाग्दैन । तर मलाई सौगात मन पर्ने एक्टर चाहिं हो । उस्को मिहेनत र लगनशीलता सबैलाई मन पर्छ जस्तो लाग्छ ।
सौगातकी तथाकथित प्रेमिका सोनी केसी बारे सृष्टि
उसलाई मैंले व्यक्तिगत रुपमा देखेको र भेटेको चाहिं छैन । हाम्रो गसिप आउँदो उस्को नाम पनि आइरहेको हुन्छ । तर मलाई लाग्दैन कि उस्को बारेमा मैंले चासो लिउँ !
अफयेरको चर्चा बारे सौगात के भन्छन् ?
हामी साथीहरु भेट्दा हल्का कुरा हुन्छ । तर गहिराइमा पुग्दैनौं । एक्सन नै लिनेगरी चाहिं कुरा भएको छैन । हाँसो…
चितवनमा यसकारण रिसाएँ
त्यो दिनभरी नै खै के के भैरहेको थियो । तर मैंले अलि नरम भएर बोलेको भएपनि हुन्थ्यो जस्तो अहिले लाग्छ । जोसँग मेरो त्यस्तो भएको थियो उहाँलाई नराम्रोसँग नलिन फोन गरेर ‘सरी’ भनिसकें । मलाई पनि नराम्रो लागेको थियो । अहिले मन हल्का भएको छ ।
अब मुना
अहिले म ‘रेशम फिलिली’ टिमले बनाउने ‘रोमियो एण्ड मुना’ को रिहलसल्समा व्यस्त छु । यसमा मेरो एउटा गाउँको आत्मनिर्भर युवतीको भूमिकामा छु । ‘गाजलु’ मा भन्दा फरक गर्ने कोशिस गरेको छु । म मुनाको भूमिकामा देखिदैछु ।
मिस नेपालको फिल्मी करिअर कस्तो होला ?
म यसै त भन्न सक्दिंन । मैंले भर्खर एउटा फिल्म र एउटा नाटकमा त काम गरें । तर मैंले धेरै मिहेनत र लगनशीलता गरिरहें भने चाहिं राम्रो गर्न सक्छु होला । यस्मा राम्रो टिमको पनि आवश्यक छ ।
गसिप पहिल्यै ‘लाल पूर्जा’
मलाई माधव दाई (निर्माता माधव वाग्ले) ले ‘लाल पुर्जा’ मा पहिल्यैदेखि गेस्ट अपिरेन्स गरिदेउ भन्नु भएको थियो । समय मिलाउँदा मैंले पनि गर्ने भएँ । तर मैंले ‘लाल पुर्जा’ गर्ने पक्का भएको चाहिं गसिप आउनु भन्दा पहिल्यै नै हो ।
अब साँच्चैको प्रेमी कहिले आउँला ?
अब यसपाली तीजमा कडा व्रत बसेको छु । कोही त पक्कै आउला नि ! आएपछि सुरुमै तपाईंलाई भन्छु है… (हाँसो)
अन्त्यमा के राम्रो मान्छे भित्र सौगात मल्ल पर्दैनन् ?
हामी राम्रो साथीको रुपमा छौं । त्यस्तो रुपमा हेरेको छैन ।