‘छक्का पञ्जा’ चौथो सातामा : फिल्म हेर्ने दर्शक थरी थरीका
फिल्म ‘छक्का पञ्जा’ ले चौथो हप्ताको प्रदर्शन यात्रा तय गरेको छ । तेश्रो सातासम्म शान्दार रुपमा प्रदर्शन भएको यो फिल्म चौथो सातामा पनि सोही हल संख्यामा प्रदर्शन भैरहेको छ । भदौ २४ गतेदेखि प्रदर्शनमा आएको ‘छक्का पञ्जा’ ले हालसम्म ८ करोड ग्रस कलेक्सनको आँकडा पार गरेको छ ।
दिपकराज गिरी र दीपाश्री निरौलाले निर्माण गरेको फिल्म ‘छक्का पञ्जा’ को यो कमाई सर्वाधिक हो । आशा गरिएका फिल्मले समेत आफ्नो लगानी सुरक्षित गर्न धौ धौ परिरहेको बेला ‘छक्का पञ्जा’ ले कसरी यति धेरै कमाई गर्न सफल भयो त ? दर्शक हलमा आएर नै फिल्मले तीन सातामा यति धेरै कमाई गर्न सफल भएको हो । तर दिपाश्रीले निर्देशन गरेको ‘छक्का पञ्जा’ हेर्न यस्ता पनि दर्शक पनि हलमा आए जसले दशक पहिले नेपाली फिल्म हेरेका थिए ।
दिपक र दीपाको साथमा दर्शक वाग्ले ।
गएको शनिबार कुमारी हलमा एक जना दर्शक यस्ता भेटिए जसले ‘चिनो’ पछि कुनै पनि नेपाली फिल्म हेरेका थिएनन् । गोविन्द वाग्ले नाम बताउँने उनले ‘छक्का पञ्जा’ औधी राम्रो लागेको प्रतिक्रिया दिए । यस्तै तीन दिनमा २० पटक ‘छक्का पञ्जा’ हेर्ने दर्शक पनि भेटिए । किन त ? ती युवकले भने, ‘जति पल्ट हेरेपनि हाँसेर डायलग नै बुझिदैंन् ।’ हल रिपोर्ट हेर्नुस् :
यी त केही उदाहरण मात्रै हुन् । बैंङकर अनिल शाहले आफ्ना सबै कर्मचारीलाई ‘छक्का पञ्जा’ देखाउँदा बस्ती बस्तीबाट गाडी रिजर्भ गरेर फिल्म हल जाने क्रम जारी छ । यही यही रुपमा दर्शकको क्रेज कायम हुने हो भने दिपकराज गिरी, प्रियंका कार्की, शिवहरी पौडेल, केदार घिमिरे, बुद्धि तामाङ, नम्रता सापकोटा र बर्षा राउत स्टारर फिल्मले करिब १५ करोडको व्यापार गर्ने आँकलन छ । जुन व्यापार नेपाली फिल्म क्षेत्रमा ऐतिहासिक हुनेछ । हल रिपोर्ट हेर्नुस् :
For More videos Log on to Mazzako TV