सुदर्शन थापाले निर्माण तथा निर्देशन गर्ने फिल्म ‘म यस्तो गीत गाउँछु’ को लागि कस्टुम डिजाइनर तय गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा आफ्नो फेसनलाई फैलाइरहेका विश्व गौतमलाई पूजा शर्मा र पल शाह स्टारर फिल्ममा कस्टुम डिजाइनरको रुपमा सुदर्शनले बुधबार अनुबन्धित गरेका छन् ।

sudarshan-bishwo1

चर्चित मोडल, मिस नेपाल तथा हिरोइनको रोजाइमा पर्ने विश्वले आफ्नो एक दशकको फेसन डिजाइनिङ करिअरमा पहिलो पटक ‘म यस्तो गीत गाउँछु’ मा कस्टुम डिजाइन गर्न लागेका हुन् । किन त ? ‘राम्रो ब्यानरको पर्खाइमा थिएँ, सुदर्शनले निर्देशन गर्ने फिल्ममा काम गर्ने ईच्छा थियो’ विश्वले भने, ‘एक दशकपछि चाहिं आफुले खोजे जस्तो ब्यानर र टिम पाएँ । त्यसकारण राजी भएको हुँ ।’

sudarshan-bishwo-pooja

यता निर्देशक थापाले विश्वको फेसन डिजाइनबाट आफु प्रभावित भएको खुलाउँदै भने, ‘विश्वको आगमनले नेपाली फिल्ममा फेसनको महत्व बढाउँछ भन्ने मैंले विश्वास लिएको छु ।’ उसो त सुदर्शनकै आग्रहमा ‘प्रेम गीत’ को पोस्टर पिक्चरको लागि विश्वले पूजा र प्रदिप खड्काको लागि फेसन डिजाइन गरेका थिए ।

pooja-biswo

पल शाह र पूजा शर्मा मुख्य भूमिकामा प्रस्तुत हुने लभ स्टोरी फिल्मको यतिबेला प्रि-प्रोडक्सनको कार्य तीव्र गतिमा चलिरहेको छ । फिल्मको छायाँकन तिहारपछि सुरु हुनेछ । अर्जुन पोखरेलको संगीत रहने फिल्ममा पूजा र पलसँगै सरोज खनाल, राजाराम पौडेल, नविन मानन्धर लगायतको अभिनय रहनेछ । स्क्रिप्ट लेखन दिनेश न्यौपानेको हो ।

यसअघि ‘मेरो एउटा साथी छ’ र ‘प्रेम गीत’ जस्ता मनछुने युवा प्रेम कथाको फिल्म निर्देशन गरेका सुदर्शनको ‘म यस्तो गीत गाउँछु’ कस्तो होला ? युवा पुस्तामाझ राम्रो क्रेज भएको पल र ‘प्रेम गीत’ बाट उदायकी पूजाको जोडी कस्तो होला ? यो पर्खाइ पक्कै प्रतिक्षित हुनेछ ।

For More videos Log on to Mazzako TV