नम्रताले साइन गरिन् नयाँ फिल्म, तर कुन ?
अभिनेत्री नम्रता श्रेष्ठले नयाँ फिल्म साइन गरेकी छिन् । जुन फिल्मको आउँदो साता औपचारिक रुपमा निर्माणको घोषणा गरिनेछ । औपचारिक घोषणा पुर्व फिल्म बारे आफुले केही पनि खोल्न नमिल्ने नम्रताले बताइन् । ‘मैंले साइन चाहिं गरिसकें । अरु अहिले भन्न मिल्दैन’ नम्रताले भनिन् ।
तिहारपछि छायाँकन सुरु हुने नम्रताले खेल्ने नयाँ फिल्म फरक कथा वस्तुमा बन्नेछ । यो फिल्मको छायाँकनपछि नम्रता दिनेश राउतको निर्देशनमा आर्यन सिग्देलले निर्माण गर्ने फिल्ममा व्यस्त हुनेछिन् । जुन फिल्मको स्क्रिप्टिङ भैरहेको छ । गत साल सोही टिमले निर्माण गरेको फिल्म ‘क्लासिक’ बाट नम्रताले राष्ट्रिय तथा अन्य पुरस्कार पाइन् । अब नम्रताले खेल्ने फिल्म कस्तो होला त ? यो वर्ष नम्रताले अभिनय गरेका कुनै पनि फिल्म प्रदर्शनमा आउने छैनन् ।
For More videos Log on to Mazzako TV