गत भाद्र ३१ गते रिलिज भएको फिल्म ‘गाँठो’ ले सोमबारदेखि चित्रकला प्रदर्शनीको सुरुवात गरेको छ । राजधानिमा पाँच दिनसम्म चल्ने चित्रकला प्रदर्शनी बरिष्ठ चित्रकार किरण मानन्धरले उद्घाटन गरेका हुन् । राजधानीको कालिकास्थान स्थित सर्वनाम आर्ट ग्यालरीमा गरिएको प्रदर्शनीमा देशभरबाट जम्मा भएका ६२३ चित्रकला मध्ये छनोटमा परेका ३० वटा पेन्टिङलाई प्रदर्शनीमा राखीएको छ ।

gatho1

विद्यालय, कलेज र खुला गरी तिन तहमा गरिएको प्रतियोगीता काठमाण्डौं, भक्तपुर, ललीतपूर, चितवन, बुटवल, पोखरा लगायत १२ स्थानमा गरिएको थियो । उद्घाटन सत्रमा बोल्दै प्रमुख अथिती किरण मानन्धरले आफू कलाकार भएको नाताले कुनै पनि नाटक वा फिल्ममा आफ्नो क्यानभास कतै तिर अटाए हुन्थ्यो भन्ने लोभ हुने बताउँदै एउटा फिल्म नै पेन्टिङको थिममा बन्नु एकदमै उत्साहजनक भएको बताए । त्यस्तै अतिथी अशेष मल्लले युवा पुस्ताले नेपाली सिनेमामा गरेको नयाँ प्रयोग र नवितम सोचको कदर गर्नुपर्ने भन्दै फिल्ममा पस्किएको विषय र लिएकै चुनौतीको प्रशंसा गरे । दुर्गा बराल प्रमुख निर्णायक भएको प्रतियोगीतामा खुला, कलेज र विद्यालयका उत्कृष्ट पेन्टिङलाई क्रमश ५००००, ३५०००, २५००० पुरस्कार दिइनेछ ।

gatho

पेन्टिङ कार्यक्रमको समापनको दिन उक्त पुरस्कार घोषणा गरिने निर्देशक सुरज भुषालले बताए । त्यस्तै ‘गाँठो’ ले गरेको देशव्यापी भिडीयो प्रतिस्पर्धामा भिमफेदी गायजले नगद रु.एक लाख जितेको छ । गत साउन ७ गते गते घोषणा गरेको प्रतियोगीतामा देश भरबाट ४१ भिडियोले भाग लिएका थिए । ‘माउन्टेन ड्यु माउण्टेन ड्यु’ बोलको गीतमाम भिमफेदी गायजले बाजी मारेको हो । बिजेता समुहलाई सोमबारै सोही कार्यक्रममा किरण मानन्धर र अशेष मल्लले पुरस्कार हस्तानान्तरण गरे । कार्यक्रममा अभिनेता नाजीर हुसेन, नम्रता श्रेष्ठ, निर्देशक सुरज भुषाल, निर्माता तिलक बहादुर क्षेत्रीको उपस्थिती थियो

For More videos Log on to Mazzako TV