गत शुक्रबारदेखि फिल्म ‘गाँठो’ प्रदर्शनमा आएको थियो । सुरज भूषाल निर्देशित फिल्मलाई हेर्ने जति दर्शकले राम्रै माने । तर फिल्म ‘छक्का पञ्जा’ को ओभरलोडका कारण यो फिल्मको व्यापारिक पक्ष सवल हुन सकेन । फिल्मको व्यापारिक असफलताले कलाकारद्वाय नाजिर हुसेन र नम्रता श्रेष्ठको करिअरलाई कस्तो असर गर्ला त ?

najir-husen-namrata-shrestha

‘गाँठोको व्यापारिक कारणले हाम्रो अभिनय करिअर रोकिंदैन’ फिल्म रिलिज भएकै दिन नाजिर र नम्रताले भनेका थिए, ‘हामी अझै राम्रो गरेर अगाडी बढ्छौं ।’ ‘गाँठो’ लाई नाजिरको काँधमा राखेर हेरिएको थियो भने मोडलिङ क्षेत्रकी नम्रताको यो पहिलो फिल्म हो । अभिनयबाट वाही वाही पाइरहने नाजिर र पहिलो पटक फिल्म खेलेकी नम्रताको ‘गाँठो’ व्यापारिक रुपमा असफल भएपनि उनीहरुले देखाएको हिम्मतलाई भने मान्नै पर्ला । ‘गाँठो’ टिमसँग गरिएको मज्जाको गफ हेर्नुस् :

For More videos Log on to Mazzako TV