करिश्मा किनेरै लगाउँछिन् पहिरण (मज्जाको भिडियो सहित)
सदाबहार सुन्दरी अभिनेत्री करिश्मा मानन्धरको व्यवस्तता नयाँ शक्तिमा लागेपछि झनै बढेको छ । फिल्मी कार्यक्रमदेखि पार्टीको भेलामा सहभागी हुन करिश्मालाई भ्याइनभ्याइ नै पर्छ । सदाबहार सुन्दरी अभिनेत्रीको उपमा पाएकी करिश्मा दैनिक रुपमा आयोजना हुने कार्यक्रममा सहभागी हुँदा मेकअप तथा पहिरणमा आफुलाई कसरी व्यवस्थापन गर्छिन् त ? उत्सब रसाईलीले करिश्मासँग गरेको यो मज्जाको गफगाफ हेर्नुस् :
दैनिक व्यवस्तताका बाबजुद पनि करिश्मा कुनै पनि बुटिकको पहिरणमा लगाएर प्रचार भने गर्दिनन्, आफैंले किनेका पहिरण लगाउँछिन् । करिश्मा भन्छिन्, ‘किनेरै ड्रेस लगाउँछु । बरु एक महिनाको लागि एकै पटक ड्रेस किन्छु । मेरो खर्च ड्रेसमै बढी हुन्छ । अरुमा त्यति खर्च गर्दिनं ।’ भर्खरै सम्पन्न एक अवार्ड समारोहमा भने उनले पुर्व मिस नेपाल रुवी राणाले तयार गरेको पहिरण लगाएकी थिइन् ।
For More videos Log on to Mazzako TV