ब्रेकअपपछि आमेश र नीताको ‘तँ म र ऊ’ (ट्रेलर सहित)
नायिका नीता ढुंगाना र नायक आमेश भण्डारी जोडी भएको फिल्म ‘तँ म र ऊ’ ले आफ्नो प्रदर्शन मिति मंसिर १७ गतेलाई तोकेको छ । आमेश र नीताको ब्रेकअपछि प्रदर्शनमा आउन लागेको यो पहिलो फिल्म हो । अफयेरमा रहंदा उनीहरुले अभिनय गरेको पहिलो फिल्म ‘फूलै फूलको मौसम तिमीलाई’ प्रदर्शनमा आएको थियो, जुन फिल्म व्यापारिक रुपमा सफल हुन सकेन ।
आमेश र नीता प्रेममा पर्नु पुर्व नै छायाँकन गरिएको फिल्म ‘तँ म र ऊ’ को यसै साता राजधानीका प्रेसमिट गर्दै ट्रेलर तथा प्रदर्शन मिति सार्वजनिक गरिएको हो । लक्षु गौतम निर्देशित फिल्मले तीन जना साथीहरुको यात्रालाई प्रस्तुत गर्दछ । जहाँ आमेश र नीता सहित सुदेन प्रसाईं पनि मुख्य भूमिकामा प्रस्तुत भएका छन् । फिल्मको ट्रेलर यस्तो छ :
ब्रेकअपपछि एकै कार्यक्रममा सहभागी हुन मनाही गरिरहेका आमेश र नीता यो फिल्मको प्रेसमिटमा पनि सहभागी भएनन् । फिल्मका मुख्य कलाकार नै अनुपस्थित भएपछि निर्देशक गौतमले उनीहरुप्रति आक्रोश पोखेकी थिइन् । ‘तँ म र ऊ’ लाई नवराज प्रसाईंले निर्माण गरेका हुन् ।
For More videos Log on to Mazzako TV