अनुपविक्रमको ‘रानी’ बन्ने भइन् मलिना : पहिलो पटक गर्दैछन् स्क्रिन सेयर
दयाराम दाहालको निर्देशनमा फिल्म ‘रानी’ बन्ने भएको छ । द्धन्द्ध, खुसी र मायाको उच्चतम संगम भनिएको यो फिल्ममा अभिनेता अनुपविक्रम शाही र पुर्व मिस नेपाल तथा नायिका मलिना जोशी मुख्य भूमिकामा प्रस्तुत हुँदैछन् । एक समय प्रेममा रहेका अनुप र मलिनाको पहिलो पटक फिल्ममा सँगै स्क्रिन सेयर गर्दैछन् । पनि थिए ।
भानु महर्जनको प्रस्तुती रहने फिल्म ‘रानी’ मा अनुप र मलिनासँगै सारुक ताम्राकार र मनिष श्रेष्ठ पनि महत्वपूर्ण भूमिकामा देखिदैंछन् । सारुक र मनिषले यसै फिल्म मार्फत नायकको रुपमा नेपाली रजतपटमा डेव्य गर्न लागेका हुन् । यम थापाको लेखन रहेको फिल्ममा पुरुषोत्तम प्रधानको सिनेम्याटोग्राफी छ भने अर्जुन पोखरेल, विजय घिमिरे र निर्देशक दाहाल आफैंले संगीत दिएका छन् । द्धन्द्ध निर्देशन अष्ट महर्जनको रहनेछ ।
प्रेसमिटमा तीन नायक बायाँबाट अनुपविक्रम, सारुक र मनिष ।
फिल्म ‘रानी’ को आइतबारदेखि नै छायाँकन सुरु गरिएको छ । काठमाण्डौं सहित पोखरा र जोमसोममा फिल्मको छायाँकन हुनेछ । आयोजित प्रेसमिटमा मलिना भने उस्थित हुन सकिनन् । कार्यक्रमको सिलसिलामा उनी हङकङमा छिन् । विकास वोर्ड अध्यक्ष राजकुमार राईले सिङ्गल र मल्टिप्लेक्सका दर्शकलाई लक्षित गरी फिल्म बनाउने सुझाव दिए ।
For More videos Log on to Mazzako TV