बीबीसी नेपाली सेवाका सम्पादक तथा हेल्प नेपाल नेटवर्कका संस्थापक रविन्द्र मिश्रले प्रदर्शनरत फिल्म ‘छक्का पञ्जा’ को प्रशंसा गरेका छन् । परिवार सहित फिल्म हेरिसकेपछि सञ्चारकर्मी तथा समाजसेवी मिश्रले ‘छक्का पञ्जा’ को प्रशंसा आफ्नो फेसबुक फ्यान पेजमा मार्फत गरेका हुन् ।

rabindra-mishra
‘छक्का पञ्जा’ श्रृजनात्मकताको बेजोड उत्कर्ष’

‘शुरुदेखि अन्त्यसम्म हांसो र गहनताको विशिष्ट समिश्रण, लेखन र प्रस्तुतिको उत्कृष्ट नमूना । ‘छक्का पञ्जा’ नेपाली चलचित्रको यस्तो कोसेढुङ्गा हो जसलाई पार गर्न भावि चलचित्र निर्देशकका लागि धेरै कठीन हुनेछ । आज ‘छक्का पञ्जा’ हेरेपछि म र मेरी श्रीमती सांच्चिकै तीन छक परेका छौं । आजसम्म मैले दिपकराज गिरी र दिपाश्री निरौलालाई भेट्न नपाउनु मेरो दुर्भाग्य हो । अब त प्रयास गरेर जसरी पनि एक पटक नभेटी छोड्दिन । सम्पूर्ण टोलिलाई धेरैधेरै शुभकामना !’ मिश्रले लेखेका छन् ।

For More videos Log on to Mazzako TV