गुड ह्युमन अर्गनाइजेसनको आयोजनामा यहि आउँदो कार्तिक २७ मा राजधानी स्थित जावलाखेल ग्राउण्डमा ‘बलिउड लाइभ कन्सर्ट’ हुने भएको छ । यही आइतबार आयोजक समुहले राजधानीमा पत्रकार सम्मेलन गर्दै यसको औपचारिक जानकारी गरायो । सामाजिक कार्यसंगै मनोरञ्जन प्रदान गर्ने उदेश्यले यस प्रकारको कार्यक्रम गर्न लागिएको आयोजक समुहले बताएको छ ।

salimali

यस कन्सर्टको मुख्य आकर्षण पछिल्लो समय बलिउडमा हिट नम्बर दिईरहेकी सुन्दरी गायिका शालमली खोलगडेसंगै नेपालका चर्चित संगीतकर्मीहरु रविन एण्ड द न्यु रोभुलेसन्स, काली प्रसाद बाँस्कोटा, बाबु बोगटी, अल्मोडा राना उप्रेती, सोमिया बराइली रहनेछन । यिनको गीत संगीतमा थप मनोरञ्जन संचालकद्वय सन्दीप क्षेत्री र ओशिन सिटौलाले प्रदान गर्नेछन् ।
पत्रकार सम्मेलनमा रबिन तामांग , सन्दिप क्षेत्री , अल्मोडा राना उप्रेती , सोमिया बराइली लगायतको उपस्थिति रहेको थियो । साथै शालमलीले आफु नेपालीलाइ भेट्न निकै उत्सुक रहेको र आफ्नो धमाकेदार गीतसंगीतद्वारा मनोरञ्जन दिलाउने बताएकी छिन । उनले नेपालीलाइ सम्बोधन गर्दै भिडियो पठाएकी थिइन् ।

आयोजक दशरथ सुनारल कार्यक्रमबाट उठेको रकम मध्यको १५ प्रतिशत भूकम्प पिडितका लागि प्रदान गर्ने बताएका छन् । पछिल्लो हिट गीत ‘बेबीको बेस पसंद हे’ दिएकी शालमली ११ मा नेपाल आउने छिन भने १४ मा फर्किने छिन ।

For More videos Log on to Mazzako TV