नायिका प्रियंका कार्की फरक फरक शैलीको फेसन गर्न माहिर छिन् । आइतबार आयोजित फिल्म ‘छक्का पञ्जा’ को विशेष शोमा पनि प्रियंकाको फेसन फरक थियो । झट् हेर्दा सामान्य लागेपनि प्रियंकाले लगाएको ड्रेस अन्तर्राष्ट्रिय सेलिव्रेटी माझ प्रिय छ ।

priyanka-karki

फिटिङ वन पिस अनि ओभर साइज ज्याकेटमा प्रियंका फिट देखिएकी थिइन् । हलिउड मोडल गिजी हाडिड, केन्डल जेनर लगायतले पनि यस्तै फेसनलाई फलो गर्ने गर्दछन् । नेपाली फिल्म क्षेत्रमा नयाँ नयाँ फेसनलाई फलो गर्ने प्रियंकाले यो पछिल्लो हलिउड फेसन शैलीलाई पछ्याएकी हुन् । जुन फेसनमा प्रियंका कुल पनि देखिइन् ।

priyanka-karki2

पुर्व प्रधानमन्त्रीहरु सहभागी भएको ‘छक्का पञ्जा’ को विशेष शोमा प्रियंकाको फेसन शैली पनि विशेष नोटिस भएको हुन गएको थियो । तस्बिरहरु : उत्सब रसाईली

priyanka-karki4

For More videos Log on to Mazzako TV