हलमा उत्साहपुर्वक प्रदर्शन भैरहेको फिल्म ‘छक्का पञ्जा’ लाई तीन पुर्व प्रधानमन्त्रीले हेरेका छन् । पुर्व प्रधानमन्त्रीहरु माधव कुमार नेपाल, झलनाथ खनाल र केपी शर्मा ओलीले आइतबार साँझ कमलपोरीस्थित बिग मुभिमामा ‘छक्का पञ्जा’ हेरेका छन् ।

kp-madhav-jhalanath

दलबल सहित पूरा फिल्म हेरेका तीन पुर्व प्रधानमन्त्रीले ‘छक्का पञ्जा’ को प्रशंसा गरे । पत्नी सहित फिल्म हेर्न हल पुगेका पुर्व प्रम केपी शर्माले ओलीले ‘छक्का पञ्जा’ हेरिसकेपछि भने, ‘यसमा हाँस्य पनि छ, सन्देश पनि छ । कलाकारहरुको कलात्मक प्रस्तुतीको हिसाबले अथवा संवादको हिसाबले अथवा दृश्यहरुको हिसाबले फिल्म राम्रो छ । समग्रमा यसले सकारात्मक सन्देश प्रवाह गरेको छ ।’

chhaka-panja-team-with-3pms

यस्तै अर्का पुर्व प्रम झलनाथ खनालले आफुलाई फिल्मको कथा मन परेको प्रतिक्रिया दिए । उनले भने, ‘मलाई कलाकार मन पर्यो । डायलग मन पर्यो । यसले दिएको सन्देश मन पर्यो । यसले दिएको जुन दिशा छ, त्यो पनि मन पर्यो ।’ यता पुर्व प्रम माधव कुमार नेपालले ‘छक्का पञ्जा’ ले मज्जाले हँसाएको बताए । उनले भने, ‘फिल्ममा मनोरञ्जन पनि छ । शिक्षाप्रद पनि छ ।’ उनले समय मिलेको खण्डमा फेरी पनि ‘छक्का पञ्जा’ हेर्न आउने वचन समेत दिए ।

priyanka-karki-with-madankrishna-pms

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले ‘छक्का पञ्जा’ हरेक पक्षबाट उत्कृष्ट लागेको बताए । बैङ्कर अनिल शाहले फिल्म हेर्दा आफु मनैदेखि हाँसेको बताए । उनले भने, ‘हाँसोसँगै रोएपनि । यो फिल्मले नेपालमा भैरहेको कुरा देखाएको छ । मुख हाँस्यो तर आँखाबाट आँसु पनि झर्यो ।’ दोश्रो पटक ‘छक्का पञ्जा’ हेरेका निर्देशक विकास आचार्यले फिल्म हरेक कोणबाट उत्कृष्ट बनेको बताए । उनले भने, ‘दीपक र दिपको टिमलाई बधाई छ । अब अझै दुई पटक फिल्म हेर्छु ।’

deepa-haribamsha-with-his-wife

दिपाश्री निरौलाको पहिलो निर्देशन रहेको फिल्ममा दिपकराज गिरी, प्रियंका कार्की, शिवहरी पौडेल, केदार घिमिरे, जितु नेपाल लगायत कलाकारहरुको अभिनय रहेको छ । आइतबारको भिआइपी शोमा सबै जसो कलाकारहरु उपस्थित थिए ।

For More videos Log on to Mazzako TV