आउँदो शुक्रबार, भदौ ३१ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘गाँठो’ सेन्सर पास भएको छ । यो फिल्मलाई सेन्सरका सदस्यले पिजी अर्थात् १६ वर्ष भन्दा मुनिका बालबालिकाले फिल्म हेर्दा अभिभावकको साथ चाहिने प्रमाण पत्र दिएको छ । किन दिइयो त ‘गाँठो’ लाई पिजी प्रमाण पत्र ?

gatho-film

निर्देशक सुरज भूषालका अनुसार आफ्नो फिल्मलाई पिजी प्रमाण पत्र दिनु पर्ने कुनै कारण छैन । तर, सेन्सरका सदस्यले ‘गाँठो’ लाई पिजी प्रमाण पत्र दिए । यसमा निर्देशक भूषालले असन्तुष्टी व्यक्त गर्दै फेसबुकमा स्टाटस समेत पोस्ट गरेका छन् । उनले लेखेका छन्, ‘फिल्ममा काँटछाट गर्न केही छैन । तरपनि सेन्सरबाट फिल्मले पिजी प्रमाण पत्र पायो । यसमा म अचम्मित छु ।’ ट्रेलर हेर्नुस् :

सम्बन्धको कथा भन्ने फिल्म ‘गाँठो’ मा नाजिर हुसेन, अभय बराल र नव नायिका नम्रता श्रेष्ठको अभिनय रहेको छ । यस्तै ‘गाँठो’ ले देशव्यापी रुपमा आयोजना गरेको चित्रकला प्रतियोगिता पनि सम्पन्न भएको छ ।

For More videos Log on to Mazzako TV