डिप्रेसनको औषधी खाइरहेका भनिएका कलाकार केदार घिमिरे ‘माग्ने बुढाले’ मिडियामा आए जस्तो आफुलाई डिप्रेसन नभएको बताएका छन् । आफ्नो साखा सन्तानमा कसैलाई पनि डिप्रेसन नभएको बताउँदै उनले मिडियामा चाहिने भन्दा बढी खबर आएको बताए ।

dipak-deepa-priyanka-magne
शनिबार ‘छक्का पञ्जा’ टिमसँग चावहिलको गोपिकृष्ण हल पुगेका कलाकार घिमिरेले आफुलाई डिप्रेसन नभएको तर ‘कन्फिडेन्ट’ कम भने भएको बताए । उनले भने, ‘अहिले स्वास्थ्य अवस्था ठिक हुँदैछ । औषधी खाइरहेको छु ।’ यस्तै उनले मिडियामा आफ्नो स्वास्थ्यबारे धेरै जस्तो बढाई चढाई आएको बताए । उनले भने, ‘जे जे मन लाग्यो त्यही आएको छ । डिप्रेसन जस्तो लाग्दैन । तर कन्फिडेन्ड कम चाहिं भाको छ । भुइँचालो आयो जस्तो हुन्छ। हिड्दाखेरी ठुलो हर्न बजाउन हुँदैन ।’

chhaka-panja-team-with-magne-budda

यस्तै आफ्ना पुर्व जोडी धुर्मुसको असहयोगका कारण आफु बिरामी परेको भन्ने आरोप बारे उनले भने, ‘यस्तो होइन । सबैले आ आफ्नो कर्म गर्ने हो । म दोष कसैलाई पनि दिन्न ।’ उनले बिरामी निको भएर चाँडै अभिनयमा फर्कने पनि बताए । गोपिकृष्ण हलमा माग्ने बुढा पुग्दा दिपाश्री निरौलो, दिपकराज गिरी, प्रियंका कार्की, शिवहरी पौडेल, वितरक गोपाल कायस्थले मिठो माया दर्शाए ।

For More videos Log on to Mazzako TV