गतबर्षको हिट एवं चर्चित फिल्म ‘प्रेमगीत’ को सिक्वेलमा नव–अभिनेत्रीलाई फाइनल गरिएको छ । ‘प्रेमगीत २’मा अभिनेता प्रदिप खड्का र निर्देशक रामशरण पाठक फाइनल भैसकेका छन् । कात्तिकबाट छायांकन हुने यो फिल्मका लागि अस्लेसा ठकुरीलाई फाइनल गरिएको हो ।aselsa-in-premgeet-2

२२ बर्षकी अस्लेसा अभिनयको तालिम लिइरहेकी छिन् । सुनिल पोखरेलसँग अभिनयको तालिम लिइसकेकी अस्लेसाले अहिले नृत्यको तालिम पनि लिइरहेकी छिन् ।
aslesa-final-in-prem-geet-2
बर्मेली यूवतीको भूमिका देखिने भएकाले पनि अस्लेसाको लुक्स मिल्ने निर्माता सन्तोष सेनले बताए । यसैले पनि अस्लेसालाई फिल्ममा लिइएको सन्तोषको भनाई छ ।
थाइल्याण्ड, बर्मा र नेपालमा फिल्मको छायांकन हुनेछ । अर्जुन पोखरेलले अहिले फिल्मका गीत तयार पारिरहेका छन् । aslessa-prem-geet-2-final

For More videos Log on to Mazzako TV