हाँस्य व्याङग्य स्टारहरुको फिल्म ‘छक्का पञ्जा’ ले प्रदर्शनको दोश्रो दिन देशका अधिकांश हलहरुमा हाउसफूलको व्यापार गरेको छ भने कतिपय हलहरुमा त नयाँ रेकर्ड समेत बनाएको छ । शनिबार मात्रै दिपाश्री निरौला निर्देशित फिल्मले एक करोडको ग्रस व्यापार गर्ने आँकडा छ ।

deepak-dipa-priyanka-at-hall

शनिबार फिल्म ‘छक्का पञ्जा’ ले काठमाण्डौका चावाहिलस्थित गोपिकृष्ण मुभिजमा नयाँ इतिहास बनाएको छ । शनिबार मध्यान्ह्को शोमा ६ वटा हाउसफूल हुँदा पनि दर्शकको चाप हलको प्राङ्गणमा थामी सक्नु थिएन । गोपिकृष्ण मुभिजका च्यानल म्यानेजर तीर्थ पौडेलले गोपिकृष्णको २१ वर्षे इतिहासमा पहिलो पटक कुनै पनि फिल्म यतिका हलमा हाउसफूल भएको बताए । उनले भने, ‘छक्का पञ्जा’ ले गोपिकृष्णमा नयाँ इतिहास बनाएको छ । हालसम्म कुनै पनि फिल्म हेर्न यति धेरै दर्शक आएका थिएनन् ।’

priyanka-dipak-deepa

‘छक्का पञ्जा’ सँगै प्रदर्शनमा आएको हिन्दी फिल्मको व्यापारलाई नेपाली फिल्मले शून्यमा झारिदिएको बताए । पौडेलले भने, ‘राम्रो नेपाल फिल्म आयो भने हिन्दी फिल्मको डर छैन भन्ने यसले देखाउँछ ।’ यस्तै वितरक गोपालकाजी कायस्थले शनिबार मात्रै फिल्मले देशभरबाट डेढ करोको व्यापार गर्ने आँकडा निकाले ।

chhaka-panja-make-history

यता निर्देशक दिपाश्री सहित कलाकारहरु दिपकराज गिरी, प्रियंका कार्की, शिवहरी पौडेल लगायतलाई दर्शकले हलमा न्यानो माया दर्शाए । दिपकलाई गोपिकृष्णका दर्शकले काँधमा बोकेर समेत उचालेका थिए । उनीहरुले बालाजुको अष्टनारायण हलका दर्शकसँग पनि साक्षात्कार गरे । दिपक र प्रियंकासँगै शिवहरी पौडेल, जितु नेपाल, केदार घिमिरे, नम्रता सापकोटा, बर्षा राउतको अभिनय रहेको फिल्मलाई दर्शकले औधी रुचाएका छन् ।

priyanka-with-fan

chhaka-panja-team-at-hall

For More videos Log on to Mazzako TV