माग्ने बुढाको स्वास्थ्यलाई लिएर तक्मे बुढाले यस्तो लेखे
पछिल्लो समय कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ को स्वास्थ्यलाई लिएर मिडियामा विभिन्न खाले समाचार आइरहेका छन् । उनी डिप्रेसनको सिकार भएको भन्ने उनीसँगै काम गर्ने केही सहकर्मीले बताइरहेका छन् । तर माग्ने बुढाका जोडी तक्मे बुढा अर्थात् कलाकार विल्सन विक्रम राईले भने माग्ने बुढाको स्वास्थ्यलाई लिएर केही नयाँ कुरा बाहिर ल्याएका छन् । विल्सनले शुक्रबार आफ्नो फेसबुकमा लेखेको स्टाटस यस्तो छ :
‘मेरो सेवारो सेमुना नमस्कार माग्ने र तक्मे को शुभचिन्तक दर्शकमा केही दीन देखि हाम्रो बारेमा अरु नै बाठो भएर बोल्नुभएको देखेर लेख्नै पर्ने भो बोल्नै पर्ने भो । फोटो हालेर फेसबुकमा लेखेर मात्रै आफन्त हुने भए धेरै को काका दाजु पर्ने थिए । सलमान खान आमिर खान , प्रत्येक दिन म केदार काकासङ्ग टचमा छु । वाहाको स्वास्थ को बारे बुझी राखेको छु । हाम्रो खास खुस को स्टोरी सेटिङग हुन्छ । हरेक दिन जस्तो काका र म मिलेर निर्दैशन गर्दछौं । १२ भाग देखि उहाँ बिरामी हुनुभो । आज २४ सम्म हामी साथमा नै छौ । म दुःखी छु तर म मेरो दुःख कही देखाउन चाहीन । र, केदार काकाले आफै तपाईंले केही नभन्नु केही नलेख्नु बिरामी को बिषयमा झन के के नभोहोला भन्नेहुन्छ भन्नुभोर तेही सल्लाह बमोजीम हामी छौ हाम्रो खासखुस परिवार तर यो बाहिर को कीन बडी जान्ने भएको नी ? मेरो गड फादर अरुको माग्ने बुडा मेरो दीने बुढा । उहाँ र मेरो बारेमा यो अरु अरुले अन्तर्वार्ता दिदै हिरो हुँदै हुनुन्छ रे । जो चाहिँ ठूलो भाग खोज्न भनेर हाम्रो टीम छोडेर जानुभो । र, झोलमा डुबेर अहिले हाम्रो बारेमा कता कता बोल्दै हीड्दै हुनुहुन्छ रे । यो जति नी खबरपत्रीका मा बाहिर आए यो नत मैले बोलेको हो नत केदार काका नै बोल्नुभेको हो । यो यता न उताको मान्छे बोल्नु भएको हो अब हाम्रो बारेमा हामी सङ्गै सोधपुछ गर्नु हाम्रो कोही प्रवक्ता छैन र हैन । माग्ने तक्मे !’