दिपक दिपाको ‘छक्का पञ्जा’ लाई ८० बढी हल : मल्टीप्लेक्समा कैटरिना भन्दा प्रियंकाको बुकिङ बढी !
भोलि अर्थात् भदौ २४ गतेदेखि देशभरबाट प्रदर्शनमा आउने फिल्म ‘छक्का पञ्जा’ ले ८० बढी हलहरु पाएको छ । काठमाण्डौ र मोफसल गरी आफ्नो फिल्मले यो संख्यामा हल पाएको निर्माता दिपकराज गिरीले बताए । दिपाश्री निरौला निर्देशित कमेडी फिल्म ‘छक्का पञ्जा’ यो वर्षको बहुप्रतिक्षित मध्येको एक बिग रिलिज फिल्म हो ।
यस्तै फिल्म ‘छक्का पञ्जा’ ले मल्टीप्लेक्स स्टेशनमा मज्जाको शोज संख्या पाएको छ । क्युएफएक्स अन्र्तगतका हलहरुमा यो फिल्मले १४ शोज संख्या दिएको छ । जुन संख्या कैटरिना कैफ र सिदार्थ मल्होत्रा अभिनित हिन्दी फिल्म ‘बार बार देखो’ को जत्तिकै हो । शहरका अन्य मल्टिप्लेक्स स्टेशनहरुमा पनि दिपकराज गिरी र प्रियंका कार्की स्टारर फिल्मको अग्रिम बुकिङ उच्च छ । कतिपय स्टेशनमा त शनिबार र शुक्रबारको शोज पनि बुक भैसकेको रिपोर्ट छ ।
दिपक र दिपाले निर्माण गरेको फिल्म ‘छक्का पञ्जा’ मा शिवहरी पौडेल, जितु नेपाल, बुद्धि तामाङ, नम्रता सापकोटा, बर्षा राउतको अभिनय रहेको छ ।
For More videos Log on to Mazzako TV