एलजी फिल्म अवार्डमा ‘पशुपती प्रसाद’, दयाहाङ र नम्रता उत्कृष्ट (सूचि सहित)
नोट : दयाहाङ र नम्रताको यो तस्बिर यसै वर्ष सम्पन्न राष्ट्रिय पुरस्कारको हो ।
पहिलो एलजी फिल्म अवार्डमा ‘पशुपती प्रसाद’ ले उत्कृष्ट फिल्मको अवार्डमा पाएको छ । यसै फिल्मबाट दिपेन्द्र के.खनालले उत्कृष्ट निर्देशकको अवार्ड पाउँदा ‘कबड्डी कबड्डी’ बाट दयाहाङ राई उत्कृष्ट अभिनेता घोषित भए भने अभिनेत्रीतर्फ ‘क्लासिक’ बाट नम्रता श्रेष्ठ उत्कृष्ट भइन् । २१ विधामा प्रदान गरिएको एलजी फिल्म अवार्डका बाँकी विजेताहरुको सूचि यस प्रकार छ :
उत्कृष्ट लेखन : खगेन्द्र लामिछाने ‘पशुपती प्रसाद’
उत्कृष्ट संगीत : अर्जुन पोखरेल (म यस्तो गीत गाउँछु…प्रेम गीत)
उत्कृष्ट सम्पादन : सुरेन्द्र पौडेल ‘प्रेम गीत)
उत्कृष्ट छायाँकन : पुरुषोत्तम प्रधान र सञ्जय लामा ‘ड्रिम्स’
उत्कृष्ट द्धन्द्ध निर्देशन : हिमाल केसी ‘भैरव’
उत्कृष्ट नृत्य निर्देशन : रेनेशा वान्तवा राई ‘प्रेम गीत’
उत्कृष्ट ब्याग्राउन्ड : एलिश कार्की ‘प्रेम गीत’
उत्कृष्ट कलरिष्ट : अनन्त घिमिरे ‘क्लासिक’
उत्कृष्ट भिएफएक्स : अक्कि शर्मा र शत्यम राणा ‘च्याम्पियन’
उत्कृष्ट जोडी : प्रदीप खड्का र पूजा शर्मा ‘प्रेम गीत’
उत्कृष्ट स्टन्ड : सिम्पसन तामाङ ‘भैरव’
उत्कृष्ट पोस्टर : सुन्दर श्रेष्ठ ‘वडा नं ६’
यस्तै वर्षको पपुलर अभिनेता र अभिनेत्रीमा क्रमशः अनमोल केसी र रेखा थापा बने । अनमोल र रेखा दुवै अवार्डमा सहभागी थिएनन् । वर्षको उत्कृष्ट गीतको अवार्ड ‘वड नं ६’ को ‘सुर्के थैली’ लाई दिइयो । अभिनेत्री करिश्मा मानन्धरलाई ‘डिकेड अफ द् इयर’ बाट सम्मानित गरिंदा कला निर्देशक जुंगे भट्टराईलाई रु ५१. हजार बराबरको चेक सहित लाइफ टाइम अचिभ्मेन्ट अवार्डबाट सम्मान गरियो । कार्यक्रममा बलिउड अभिनेता शत्रुघन सिन्हा पाहुनाको रुपमा उपस्थित थिए ।
For More videos Log on to Mazzako TV