आफ्नै फिल्म घोषणा गर्दा किन रोइन् डल्ली ?
अभिनेत्री छुल्ठिम गुरुङले पहिलो पटक फिल्म ‘डायरी’ निर्माण गर्दैछिन् । मंगलबार प्रेमसमिट गर्दै छुल्ठिमले फिल्म निर्माणको औपचारिक घोषणा गरिन् । प्रेसमिटमा छोटो प्रस्तुती समेत दिएकी छुल्ठिम केही क्षण भने भावुक बनिन् । उनका आँखा आँसुले भरिए । उनी रोइन नै । प्रेसमिटमा किन रोइन् त छुल्ठिम ?
‘डायरी’ को वर्कसप गराइ रहेका नाट्यकर्मी रोशन हमालले आफुलाई मन पर्ने नायिका भन्दै छुल्ठिमको तारिफ गर्दा उनका आँखाबाट आँसुले भरिन गएका थिए । थाम्न नसकेपछि ब्याकस्टेज गएर उनले आँसु पुछेकी थिइन् । आफ्नो मन्तव्य राख्ने क्रममा नाट्यकर्मी हमालले भनेका थिए, ‘छुल्ठिमले ‘नोभेम्वर रेन’ मा असाध्यै राम्रो काम गरेको छ । मलाई रुवाउने मान्छे पनि यही हो ।’ नोभेम्वर रेनमा छुल्ठिमले निभाएको डल्लीको भूमिकालाई असाध्यै रुचाइएको थियो । छुल्ठिमको समेत मुख्य भूमिका रहने ‘डायरी’ रेखा थापा भिलेनको भूमिकामा प्रस्तुत हुँदैछिन् । अनिल योञ्जनले निर्देशन गर्ने फिल्मको आउँदो सातादेखि छायाँकन सुरु हुँदैछ ।
For More videos Log on to Mazzako TV