अभिनेत्री छुल्ठिम गुरुङले फिल्म निर्माण गर्ने भएकी छिन् । छुल्ठिमले निर्माण गर्ने फिल्म ‘डायरी’ को मंगलबार अनामनगरस्थित मण्डला नाटकघरमा औपचारिक रुपमा घोषणा गरियो । अनिल योञ्जनको निर्देशन रहने फिल्ममा छुल्ठिमसँगै नायिका रेखा थापाको मुख्य भूमिका रहनेछ । सनी सिंह ‘डायरी’ मार्फत नेपाली रजतपटमा नव नायकको रुपमा भित्रिदैंछन् ।

chultim-sunny-in-dairy

छुल्ठिमको ‘डायरी’ मा नायिका रेखा थापा भिलेन ‘रानी’ को भूमिकामा प्रस्तुत हुनेछिन् । वरिष्ठ नाट्यकर्मी रोशन हमाल, जसले ‘डायरी’ को वर्कसप समेत चलाइरहेका छन्, उनले फिल्ममा रेखाको भूमिका फरक र पृथक रहेको बताए । उनले भने, ‘तपाईंहरु ढुक्क हुनुस्, यसमा रेखाको भूमिका फरक छ । उनलाई फिल्ममा रानी भिलेनको रुपमा देख्न पाइनेछ ।’ फिल्म ‘हिरो रिटन्र्स’ को छायाँकनको कारण रेखा भने कार्यक्रममा अनुपस्थित थिइन् ।
chultim-rosham-hamal-alin-yonjon

फिल्म ‘नोभेम्वर रेन’ पछि फिल्म नखेल्ने मनस्थितिमा रहेकी छुल्ठिमले लेखक छेतेन गुरुङका कारण आफुले फिल्म बनाउन र अभिनय गर्न लागेको बताइन् । ‘डायरी’ छेतेनले लेखेको तेश्रो फिल्म हो । यही भदौ २५ गतेदेखि फिल्मको छायाँकन सुरु हुने जानकारी दिदैं छुल्ठिमले ‘डायरी’ राम्रो बन्ने बताइन् । फिल्मको छायाँकन काठमाण्डौं र हेटौंडा लगायत क्षेत्रमा हुनेछ । सुगम पोखरेल, इमानविक्रम शाह र मानस राजको संगीत रहने ‘डायरी’ लाई शिवराम श्रेष्ठले खिच्नेछन् ।

dairy-press-meet

लभ, रोमान्स र सस्पेन्स रहने ‘डायरी’ मा रेखा, छुल्ठिम र सनीसँगै राजु लामा, कुशल विष्ट, दिनेश डिसी, रुपाा राणा, पिटर तामाङ र विनोद पौडेलको अभिनय रहनेछ ।

For More videos Log on to Mazzako TV