अचम्म नमान्नुस्, कलाकार दिपकराज गिरी र नायिका प्रियंका कार्की अध्ययनको लागि कलेज जान थालेका होइनन् । उनीहरु त आफु अभिनित फिल्म ‘छक्का पञ्जा’ प्रचार प्रसारको लागि कलेज जान थालेका हुन् ।

deepak-priyanka
राजधानीका विभिन्न कलेजहरुमा पुगेर विद्यार्थीहरुसँग फिल्मबारे छलफल गर्ने ‘छक्का पञ्जा’ टिमको पछिल्लो प्रचार रणनीति छ । यही रणनीति अनुसार दिपक र प्रियंका सोमबारदेखि राजधानीका कलेज जान थालेका हुन् । ‘कलेजको प्रचार प्रभावकारी हुन्छ’ एक भेटमा दिपक भन्दै थिए, ‘राम्रो नेपाली फिल्मप्रति विद्यार्थीको चासो राम्रो छ ।’

दिपाश्री निरौलाले निर्देशन गरेको फिल्म ‘छक्का पञ्जा’ यही भदौ २४ अर्थात् शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ । फिल्ममा दिपक र प्रियंकासँगै शिवहरी पौडेल, जितु नेपाल, बुद्धि तामाङ, नम्रता सापकोटा, वर्षा राउत लगायतको अभिनय रहेको छ ।

For More videos Log on to Mazzako TV