बिहेपछि बच्चा जन्माएर घर गृहस्थीमा व्यस्त बनेकी अभिनेत्री संचिता लुईंटेल पछिल्लो समय भने एक्सन कटमा व्याक भएकी छिन् । एक्सन कटमा व्याक भएसँगै संचिताको सक्रियता बढेको छ । ‘राधा’ मा शिर्ष भूमिका निभाएकी संचिताले ‘गुनगुन’ को पनि भर्खरै छायाँकन सकाएकी छिन् ।

sanjita-luitel

फिल्मको छायाँकन सकिएपनि संचिताको सक्रियतामा भने कमी आएको छैन । फिल्मी कार्यक्रम तथा जमघटमा सहभागी हुँदैमा संचितालाई फुर्सद छैन । ‘फिल्म रिलिज हुने बेलामा हिड्नै परो’ एक भेटमा संचिता भन्दैथिइन्, ‘यो सबैको दर्शकको माया हो ।’ जीवन लुईंटेल अपोजिटमा रहेको संचिताको ‘राधा’ तिहारमा प्रदर्शन हुँदैछ । बिहेपछि पहिलो पटक शिर्ष भूमिकामा देखिएकी संचिताको फिल्मले दर्शकको साथ कस्तो पाउँला ?

For More videos Log on to Mazzako TV