deepak-deepa

भदौ २४ गते, यही शुक्रबारदेखि फिल्म ‘छक्का पञ्जा’ प्रदर्शनमा आउँदैछ । दिपकराज गिरी र दिपाश्री निरौला सहित हाँस्य व्याङ्ग्य कलाकारको टोलीले निर्माण गरेको यो फिल्मलाई प्रतिक्षित फिल्मको रुपमा हेरिएको छ । दिपाश्रीले पहिलो पटक निर्देशन गरेको ‘छक्का पञ्जा’ प्रदर्शनका ३ फाइदाहरुलाई हामीले यहाँ प्रस्तुत गरेका छौं :

१.सोलो रिलिज : गएको साता पनि तीन तीन वटा फिल्महरु प्रदर्शनमा आएका थिए । तीन वटा फिल्महरु एक आपसमा जुध्दा कसले कति कमायो भन्दा पनि कसलाई कति घाटा पर्यो भन्ने हिसाब निर्माताहरु निकालि रहेका छन् । तर, फिल्म ‘छक्का पञ्जा’ घाटाको प्रतिस्पर्धाबाट पर छ । दिपक र दिपा आफ्नो फिल्म सोलो रिलिज गराउन सफल भएका छन् । सोलो रिलिजको फाइदा पक्कै पनि उनीहरुको पोल्टामा पर्नेछ ।

२.हिन्दीदेखि ढुक्क : मल्टिप्लेक्स लक्षित गरिएको फिल्महरु नेपाली भन्दा पनि हिन्दी फिल्मसँग डराउनु पर्ने अवस्था छ । यो डरबाट पनि फिल्म युनिट मुक्त छ । ‘छक्का पञ्जा’ लागेको मितिमा कुनै खान या खेलाडी कुमारको फिल्म लाग्ने छैन । नेपालमा त्यति चासोको रुपमा नहेरिएको कैटरिना कैफ र सिद्धार्थ मल्होत्रा अभिनित फिल्म ‘बार बार देखो’ फिल्म रिलिज हुँदैछ । जुन फिल्मको प्रदर्शनले ‘छक्का पञ्जा’ लाई मल्टिप्लेक्समा असर गर्ने छैन । मल्टिप्लेक्समा ‘छक्का पञ्जा’ ले मनग्ने शोज संख्या पाउनेछ ।

३.गुडविल : प्रचार प्रसारमा निर्माता, निर्देशक र कलाकारले गरेको अनुरोधलाई दर्शकले नपत्याएका धेरै उदाहरण छन् । तर यो हकमा दिपक र दिपा लक्की छन् । उनीहरुले यसअघि निर्माण गरेका दुई फिल्महरुलाई दर्शकले पत्याएका छन् । तेश्रो पटक निर्माण गरेको फिल्मलाई दर्शकले पत्याउनेमा निर्माण टिम ढुक्क हुँदा फिल्मको प्रोमो तथा गीत हेर्नेको संख्या पनि युट्युवमा औधी छ ।

For More videos Log on to Mazzako TV