के आएकै हुन् त शिल्पालाई हेर्न दर्शक ?
प्रदर्शनपुर्व तीन फिल्महरु ‘ब्रासलेट’, ‘बृन्दावन’ र ‘लालजोडी’ को विभिन्न तवरले व्यापारिक आँकलन गरिएको थियो । तीन फिल्महरुमध्ये ‘ब्रासलेट’ ले व्यापारिक रुपमा ‘लिड’ गर्ने धेरैको अड्कल थियो भने ‘बृन्दावन’ र ‘लालजोडी’ मा कुनै एकले दोश्रो स्थान हाँसिल गर्ने धेरैले ठानेका थिए ।
तर प्रदर्शनमा आइसकेपछि भने यो आँकलन तलमाथि पर्न गएको छ । जुन जुन हलहरुमा तीन वटा फिल्महरुसँगै लागिरहेका छन्, त्यहाँ शिल्पा पोखरेल शिर्ष भूमिकामा प्रस्तुत भएको फिल्म ‘बृन्दावन’ ले लिड गरिरहेको रिपोर्ट प्राप्त भएको छ । आफ्नो फिल्मले अप्रत्यासित दर्शकको साथ पाएपछि निर्माण युनिट यतिबेला दंग छ । शिल्पा मख्ख नहुने त कुरै भएन । तर, हल संख्या कम पाएका कारण ‘बृन्दावन’ को व्यापार भने उच्च हुन हुन सकिरहेको छैन । राजबहादुर साने निर्देशित फिल्ममा शिल्पासँग किशोर खतिवडा र बाँदरको समेत अभिनय रहेको छ ।
For More videos Log on to Mazzako TV