दश वर्षपछि अभिनेता रमेश उप्रेतीले अभिनय गरेको फिल्म ‘ब्रासलेट’ गत शुक्रबारदेखि प्रदर्शनमा आएको छ । हरितालिका तीजको अवसर पारेर प्रदर्शनमा आएको रमेशको ‘ब्रासलेट’ ले कस्तो व्यापार गरिरहेको छ त ?

braslat

फिल्मका निर्देशक निर्मल शर्माले शनिबार फिल्म ‘ब्रासलेट’ को व्यापार सन्तोषजनक रहेको जानकारी गराएका छन् । निर्देशक शर्माको शनिबार फेसबुकमा स्टाटस छ, ‘ब्रासलेट आज देशभर सन्तोषजनक व्यापार । सबैतिरबाट सकारात्मक प्रतिक्रिया ।’ केशव भट्टराईले निर्माण गरेको फिल्ममा रमेशसँगै रजनी केसी, नम्रता सापकोटा, सुगम गुँरागाईं, ऋतिक शाही लगायतको अभिनय रहेको छ ।

‘ब्रासलेट’ सँगै अन्य दुई फिल्महरु ‘बृन्दावन’ र ‘लालजोडी’ पनि प्रदर्शनमा आएका छन् । दुवै फिल्मका निर्माताले आफ्नो फिल्मले राम्रो व्यापार गरिरहेका दाबी गरेका छन् ।

For More videos Log on to Mazzako TV