पहिलो मिस नेपाल रुवी राणाले पहिलो पटक स्टेज प्रस्तुती दिने भएकी छिन् । एक्सन किङ्ग शिव श्रेष्ठसँग मिस नेपाल राणाले यही भदौ २२ गते हुने एलजी फिल्म अवार्डमा आफ्नो पहिलो प्रस्तुती दिने भएकी हुन् ।

rubi-rana-shiva-shrestha

कोरियोग्राफर गोविन्द राईको कोरियोग्राफीमा नृत्यको प्रशिक्षण लिइरहेकी मिस नेपाल राणाले भनिन्, ‘पहिलो पटक आफ्नो प्रस्तुती दिन पाउँदा धेरै नै खुसी छु । मेरो प्रतिभा चिन्नु भएकोमा गोविन्द गुरुप्रति नतमस्तक पनि छु ।’ यस्तै एक्सन किङ्ग शिव श्रेष्ठले रुवी राणाको नृत्यको औधी प्रशंसा गरे । उनले भने, ‘उहाँलाई हिरोइन नलिनु हाम्रो नेपाली फिल्म क्षेत्रकै दुर्भाग्य हो ।’

shiva-shrestha-rubi-rana-govinda-rai

शिव र रुवीले फिल्म ‘कान्छी’ मा समावेश ‘हिमाल सरी म’ बोलको गीतमा नृत्य प्रस्तुत गर्नेछन् । निर्देशक दिनेश डिसीले पहिलो पटक आयोजना गर्न लागेको एलजी फिल्म अवार्डमा पर्दा पछाडीका हिरोहरुबिच प्रतिस्पर्धा हुँदैछ । अवार्ड कार्यक्रममा बलिउड फिल्मकर्मी शत्रुघ्न सिंन्हा पनि सहभागी हुँदैछन् ।

For More videos Log on to Mazzako TV