रमेशको रोमान्स, शिल्पाको एक्सन या ‘लालजोडी’ को कमेडी, के बिक्ला ?
यो शुक्रबारदेखि फरक स्वादका तीन फिल्महरु प्रदर्शनमा आएका छन् । रमेश उप्रेती कमव्याक भएको रोमान्टिक फिल्म ‘ब्रासलेट’, शिल्पा पोखेरलेको एक्सन फिल्म ‘बृन्दावन’ र कमेडी फिल्म ‘लालजोडी’ तिजको अवसर पार्दै अल नेपाल प्रदर्शनमा आएका हुन् ।
निर्मश शर्मा ‘गैंडा’ निर्देशित फिल्म ‘ब्रासलेट’ मा अभिनेता उप्रेती, नायिका रजनी केसी, नम्रता सापकोटा, सुगम गुरागाँई, रितिक शाही लगायतको अभिनय रहेको छ । केशव भट्टराई निर्मित फिल्म नारीको संवेदना माथि आधारित छ । यस्तै राजबहादुर साने निर्देशित फिल्म ‘बृन्दावन’ मा शिल्पासँगै नायक किशोर खतिवडा मुख्य भूमिकामा प्रस्तुत भएका छन् ।
सञ्चारकर्मी समेत रहेका लक्ष्मण सुवेदीको निर्माण तथा निर्देशन रहेको फिल्म ‘लालजोडी’ कमेडी जनराको फिल्म हो । फिल्ममा नायिका रजनी केसीसँगै हास्य कलाकारहरु ज्योती काफ्ले ‘नक्कली बाबुराम’, बुद्धि तामाङ ‘हैट’ लगायतको अभिनय रहेको छ । तीन मध्ये कुन फिल्मले पाउला सफलता ?
For More videos Log on to Mazzako TV