दयाहाङ र केकीलाई लिएर सिनेमा समिक्षक लामाको ‘घामपानी’
अभिनेता दयाहाङ राई र नायिका केकी अधिकारीलाई मुख्य भूमिकामा लिएर सिनेमा समिक्षक दीपेन्द्र लामाले ‘घामपानी’ नामक फिल्म निर्देशन गर्ने भएका छन् । निर्देशक लामाकै लेखन रहेको यो फिल्मको मूल कथा भनेको एउटै गाउँका दुई फरक जातिका युवा र युवतीबीच प्रेम हुँदा दुई पक्षको पारिवारिक सम्बन्धमा पैदा हुने उतारचढाव र आफ्नो प्रेम सम्बन्धलाई सफल बनाउन उनीहरुले गर्नुपरेको संघर्ष हो ।
सिनेमा आर्टस्को निर्माणमा हाइलाइट्स नेपाल र टचलाइट प्रोडक्सनको प्रस्तुती रहेको फिल्म ‘घामपानी’ मा शैलेन्द्रध्वज कार्कीको सिनेम्याटोग्राफी, कालिप्रसाद बाँस्कोटा र चन्द्र दोङको संगीत रहेको छ । यस्तै कार्यकारी निर्माताको रुपमा बाल्मिकी पोखरेल र मणिराम पोखरेल रहेका छन् भने निर्माताको रुपमा ओम गुरुङ, शैलेन्द्रध्वज कार्की, रौनकविक्रम कंडेल, ओमचन्द्र रौनियार र विश्व गौचन छन् ।
असोज ६ गतेदेखि छायाँकन सुरु हुने फिल्म ‘घामपानी’ मा दया र प्रियंकासँगै अंकित खड्का, सिल्सा जिरेल, पुष्कर गुरुङ, प्रकार घिमिरे, बुद्धि तामाङ, कविता आले, अरुणा कार्की, अमोघ पोखरेल, मणिराम पोखरेल, लक्ष्मी बर्देवा, सम्रान्त थापा, केशव राई र प्रेमवर्षा खड्काको अभिनय रहनेछ । बुधबार अनामनगरस्थित मण्डला नाटकघरमा आयोजना गरिएको ‘घामपानी’ को कार्यक्रम नायिका प्रियंका कार्कीले सञ्चालन गरेकी थिइन् ।
For More videos Log on to Mazzako TV