भाईरल ज्वरोको शिकार भइन् शिल्पा, भन्छिन्, ‘नमस्ते नेपालबाटै गरें फिल्मको प्रचार’
नायिका शिल्पा पोखरेलले भाईरल ज्वरोका कारण आफु ‘बृन्दावन’ ले सोमबार आयोजना गरेको ‘उत्सव तीज’ कार्यक्रममा सहभागी हुन नपाएको बताएकी छिन् । विगत चार दिनदेखि आफु भाईरल ज्वरोको शिकार भएको भन्दै सोमबार गरिएको ‘बृन्दावन’ को तीज कार्यक्रममा सहभागी हुन नपाएको शिल्पाले बताएकी हुन् ।
मज्जाको अनलाइन डटकमलाई सम्पर्क गर्दै शिल्पाले मलिन स्वरमा भनिन्, ‘न्युज के के आएछ । म भाईरल ज्वरो आएर सुतिराथें । दाईहरुलाई आउँछु त भनेको थिएँ, तर आउन सकिंन ।’ यस्तै शिल्पाले आफु स्वस्थ हुँदा ‘बृन्दावन’ को प्रचार प्रसारमा सहभागी भएको बताइन् । शिल्पाले भनिन्, ‘म ठिक हुँदा त फिल्मको प्रचार प्रसारमा हिंडेकै थें । कति मिडियासँग त नमस्ते नेपालमै कुरा गरेको छ । अहिले बिरामी भएर हिंड्न पाइँन ।’
सोमबारको तीज कार्यक्रममा शिल्पा नआएपछि निर्देशक राजबहादुर सानेले शिल्पाप्रति गुनासो पोखेका थिए । शिल्पा र नायक किशोर खतिवडा मुख्य भूमिकामा प्रस्तुत भएको फिल्म यही शुक्रबारदेखि प्रदर्शन हुँदैछ ।
For More videos Log on to Mazzako TV