निर्देशक दिनेश श्रेष्ठले फिल्म ‘सकुन्तला’ को पाँच दिने ग्रस कलेक्सन सार्वजनिक गरेका छन् । निर्देशक श्रेष्ठको दाबी अनुसार महानायक राजेश हमाल सारी लगाएर अभिनय गरेको फिल्मले पाँच दिनमा झण्डै ६० लाखको ग्रस कलेक्सन गरेको छ ।

rajesh-hamal-in-sakuntala1

निर्देशक श्रेष्ठले फिल्मको पाँच दिने ग्रस कलेक्सनको हिसाब दिदैं भने, ‘फिल्मले काठमाण्डौबाट ३१ र काठमाण्डौ भन्दा बाहिरबाट २८ लाखको ग्रस कलेक्सन गरेको छ । यतिको व्यापारलाई राम्रो नै भन्नुपर्छ ।’ उनले पुर्वका बाँकी हलहरुमा पनि ‘सकुन्तला’ मंगलबारदेखि लागेको जानकारी दिए ।

महानायक हमाल नारी अवतारमा प्रस्तुत भएको फिल्मलाई विशेष गरी महिला दर्शकहरुको साथ मिलेको निर्देशक श्रेष्ठ बताउँछन् । फिल्ममा महानायक हमालसँगै किशोर खतिवडा, अनु शाह, स्मृति श्रेष्ठको अभिनय रहेको छ ।

For More videos Log on to Mazzako TV