अभिनेता रमेश उप्रेतीले निर्माण गर्ने फिल्म ‘ऐश्वर्य’ मा नायिका हेरफेर भएको छ । अनुबन्धित भैसकेकी नायिका केकी अधिकारीको भूमिकामा अर्की नायिका वर्षा राउत देखिने भएकी छिन् । बुझिए अनुसार वर्षा मंगलबार नै ‘ऐश्वर्य’ मा औपचारिक रुपमा अनुबन्धित हुनेछिन् ।

keki-barsa

अभिनेता तथा निर्माता उप्रेतीले नायिका हेरफेर भएको खुलाएका हुन् । ‘केकीको समय नमिल्ने कुरा आयो । त्यसकारण हामी अर्की नायिका राख्न बाध्य भयौं’ ‘ब्रासलेट’ प्रचार प्रसारको तिव्र व्यस्ततामा रहेका उप्रेतीले भने, ‘अर्की नायिकासँग यही साता सम्झौता हुँदैछ । सम्भवतः वर्षा राउत हुन सक्छिन् ।’ दिपेन्द्र लामाले निर्देशन गर्ने फिल्म ‘घामपानी’ का कारण केकीले ‘ऐश्वर्य’ मा काग गर्न नसक्ने भएकी हुन्, जुन फिल्मको यही बुधबारऔपचारिक रुपमा निर्माणको घोषणा हुँदैछ ।

दिवाकर भट्टराईले निर्देशन गर्ने फिल्म ‘ऐश्वर्य’ मो नव नायिका दीपिका प्रसाईं अनुबन्धित भैसकेकी छिन् । दुई नायिका रहने फिल्ममा अभिनेता उप्रेती मुख्य भूमिकामा प्रस्तुत हुँदैछन् । रमेशले दश वर्षपछि ‘ब्रासलेट’ मा अभिनय गरेका छन्, जुन फिल्म यही शुक्रबारदेखि प्रदर्शन हँदैछ ।

For More videos Log on to Mazzako TV