सृष्टिसँग नाम जोडिएपछि सौगातको प्रेमिकाले लेखिन्, ‘अर्काको मान्छेलाई आँखा लाउने चलन आको छ रे’
‘गाजलु’ रिलिज पुर्व नायिका सृष्टि श्रेष्ठले मज्जाको टिभीसँग गरिएको गफगाफमा नायक सौगात मल्लसँग आफु डेट जान चाहेको बताएकी थिइन् । उनै ड्रिम व्वोयसँगको सृष्टिको यतिबेला डेट चलिरहेको फिल्म वृत्तमा चर्चा छ । सृष्टिसँग गरिएको मज्जाको गफगाफ हेर्नुस् :
सृष्टि र सौगातको डेटमा अर्को एक पात्रलाई पिडा भैरहेको छ । सौगातको प्रेमिका भनिएकी सोनी केसी नाम गरेकी युवतीले आफ्नो पिडालाई फेसबुकमा नै पोखेकी छिन् । सौगात र सृष्टिको प्रेमको गसिप बजारमा आएपछि सोनीले आफ्नो फेसबुकमा यस्तो लेखेकी छिन् ।
फेसबुकमा स्टाटस मात्रै होइन, सोनीले सौगातसँगको अफयेरको विषयमा बुझ्न सृष्टिलाई फोन नै गरेकी थिइन् रे । यद्पी सौगातसँग आफुले डेट गरि नरहेको सोनीलाई सृष्टिले बताएको श्रोतको भनाई छ । सृष्टिलाई सोनीले फोन गरेको थाहा पाएपछि सौगातले सोनीलाई फोन गरेर गाली समेत गरेको श्रोतको भनाई छ ।
जे होस्, सौगात र सृष्टिको प्रेम चक्कर चलेको चर्चा चुलिरहंदा सौगातकी प्रेमिका भनिएकी सोनीले भने केही दिन अगाडी सौगातसँगको तस्बिरलाई फेसबुकमा कभर फोटो बनाएकी छिन् । आखिर सौगात कोसँग प्रेममा छन्, सृष्टि कि सोनी ?
For More videos Log on to Mazzako TV