सबै भाग एनिमेशन गरिएको फेमस होला त ‘द फेमस’ को यो गीत ?
फिल्म ‘द फेमस’ को ‘गाजुल ती आँखा’ बोलको भिडीयो गीतसँगै फस्टलुक सार्वजनिक गरिएको छ ।संचारकर्मी तथा निर्देशक समीर बलामीले निर्देशन तथा निर्माण गरेको फिल्मको सार्वजनिक गीतमा एनिमेशन गरिएको छ । यो एनिमेशनवाला गीत तयार हुंन १८ महिना लागेको निर्माता तथा निर्देशक बलामीले बताएका छन् । गीत यस्तो छ :
सन्तोष प्रगाढको संगीत रहेको गीतमा दिपक लिम्बु र चन्दा केसीको स्वर रहेको छ । गीतको शब्द शंकर अधिकारी घायल हुन् । गीतमा सविना कार्की, सुरवि जैन विष्ट र सुमन थापाले अभिनय गरेका छन् । अशोक कार्कीले खिचेको गीतलाई सुधिर श्रेष्ठ र सुरेश चौधरीले निर्देशन गरेका हुन् । ‘द फेसम’ कात्तिक १९ गतेदेखि प्रदर्शन हुँदैछ ।
For More videos Log on to Mazzako TV