नायिका वर्षा सिवाकोटी फिल्म छायाँकनको क्रममा घाइते भएकी छिन् । फिल्म ‘कारखाना’ को सुटिङ गर्दा वर्षा घाइते हुन पुगेकी हुन् । घाइते भएपछि उनी यतिबेला सुटिङमै आराम गरिरहेकी छिन् । कसरी भइन् त वर्षा घाईते ?

barsa-siwakoti

‘बुलेट बाइकमा बस्नु पर्ने सिन थियो । दुवै हातमा सामान थियो । बुलेट चलाउँदा भुइँमा खसेर लड्न पुगें’ उनले भनिन्, ‘हात र निधारमा चोट लागेको छ । अहिले आराम गरिरहेको छु । दुई दिनदेखि सुटिङ गरेको छैन ।’ वर्षा घाइते भएपछि  ‘कारखाना’ मा अन्य कलाकारले टेक दिइरहेका छन् ।

अमरदिप सापकोटाले निर्देशन गर्दै गरेको फिल्मको यतिबेला हेटौंडामा छायाँकन भैरहेको छ । फिल्ममा वर्षासँगै नायक सुशिल श्रेष्ठ लगायतको अभिनय रहेको छ । फिल्मको अझै ४० प्रतिशत सुटिङ बाँकी छ ।

For More videos Log on to Mazzako TV