‘प्रेम गीत’ की नायिका ‘पूजा शर्माले कसलाई भनिन्, ‘कानुनी कारबाही गर्छु’
नायिका पूजा शर्मा बेला बेलामा सामाजिक सञ्जाल फेसबुकमा मनको भढाँस पोख्ने गर्छिन् । ‘प्रेम गीत’ की नायिका शर्माले पछिल्लो पटक भने फेसबुक स्टाटसबाटै कानुनी कारबाहीसम्मको धम्की दिएकी छिन् । शनिबार अपलोड गरिएको पूजाको स्टाटस यस्तो छ :
पोखरामा सम्पन्न आठौं डिसिने अवार्डमा उत्कृष्ट अभिनेत्रीको अवार्ड आफुले नपाएपछि ‘पूजाको रुवावासी’ भन्ने गलत समाचार लेख्ने सञ्चारकर्मी र मिडिया हाउसलाई कानुनी कारबाही अगाडी बढाउने उनले फेसबुक स्टाटस मार्फत सार्वजनिक गरेकी हुन् । पूजा ‘प्रेम गीत’ बाट उत्कष्ट पाँच नायिकाको मनोनयनमा परेकी थिइन् । नायिका नम्रता श्रेष्ठले ‘क्लासिक’ बाट उत्कृष्ट नायिकाको अवार्ड पाइन् ।
मज्जाको टिभीसँग पूजाले अवार्ड अयोजककै निमन्त्रणामा अवार्डलाई सहयोग गर्न पोखरा गएको र अवार्ड नपाउँदा आफु नरोएको बताएकी छिन् ।
For More videos Log on to Mazzako TV