‘स्टाइल उत्सव’ मा फेशन शैली : पहिलो पटक क्याट् वकमा उत्रिइन गौरी मल्ल
तीजलाई लक्षित गरेर राजधानीमा विभिन्न खाले कार्यक्रमहरुको आयोजना भैरहेका छन् । यस्तैमा शनिबार साँझ थापाथलीस्थित एक व्याङक्वैटमा ‘स्टाइल उत्सव’ नाम दिएर एक फेसन शोको आयोजना भएको छ । निर्मात्री पुनम गौतम र व्यावसायी मोहना क्षेत्री खनालले आयोजना गरेको उक्त फेसन शोमा विभिन्न सेलिव्रेटीले ‘शोज टपर’ को रुपमा रहेका थिए ।
वरिष्ठ अभिनेत्री, गौरी मल्ल, नायिका पूजा शर्मा, चाँदनी शर्मा, पुर्व मिस नेपाल उषा खड्गी, कलाकार क्षिजिजा शाक्य, लक्ष्मी श्रेष्ठ विभिन्न डिजाइनमा प्रस्तुत भएका थिए । डिजाइनर विश्व गौतम अफिसियल डिजाइनर रहेको फेशन शोमा साना नानीहरुले विभिन्न प्रकारका पहिरणमा स्टेज नापेका थिए । अभिनेत्री गौरी मल्ल पहिलो पटक फेसनको स्टेजमा उत्रिएकी थिइन् । तस्बिरहरु : उद्धव रसाईली