शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘सकुन्तला’ ले प्रदर्शनको दोश्रो दिन शनिबार दर्शकको साथ पाएको छ । महानायक राजेश हमाल नारी अवतारमा प्रस्तुत भएको फिल्म हेर्न लागेजति हलमा हासफूल भएको निर्देशक दिनेश श्रेष्ठले बताए । चालिस बढी हलहरुमा प्रदर्शनरत ‘सकुन्तला’ पुर्वका हलहरुमा लाग्न बाँकी छ ।

kisor-khatiwoda

शनिबार मध्यान्ह्को शोमा ‘सकुन्तला’ युनिट बालाजुको अष्टनारायण हलमा पुग्दा नायक किशोर खतिवडालाई उक्त हलमा फिल्म हेर्न आएका दर्शकले घेर्दै सेल्फी लिए । निर्देशक दिनेश श्रेष्ठले ‘सकुन्तला’ हेर्न शनिबार हलमा दर्शकको उल्लेख्य उपस्थिति रहेको बताए । अमेरिकामा रहेका कारण महानायक हमालले दर्शकसँग साक्षत्कार गर्न पाएनन् ।

फिल्म ‘सकुन्तला’ मा महानायक हमालसँगै, किशोर खतिवडा, अनु शाह, स्मृति श्रेष्ठ लबगायतको अभिनय रहेको छ । ‘सकुन्तला’ राजधानी सहित मोफसलका झण्डै तीन दर्जन बढी हलहरुबाट प्रदर्शनमा आएको छ ।

For More videos Log on to Mazzako TV