झरनालाई छोरीले खोजिदिइन् हिरो : जसले गर्दैछन् साम्राज्ञीसँग रोमान्स
जमाना नयाँको छ । पछिल्लो समय फिल्म निर्माणमा उत्रिएकाहरु नयाँ कलाकारलाई लिएर काम गर्न ईच्छुक देखिएका छन् । केही फिल्म मेकर्सले त नयाँ कलाकार नपाएकै कारण आफ्नो फिल्मको छायाँकन स्थगन गरेका छन् । यस्तैमा नायिका झरना थापाले भने नयाँ कलाकारको टोलीलाई लिएर ‘ए मेरो हजुर’ मार्फत निर्देशनको यात्रा सुरु गरेकी छिन् ।
झरनाको फिल्मकी सोलो नायिका साम्राज्ञीराज्य लक्ष्मी शाहले पनि एउटा मात्रै फिल्म ‘ड्रिम्स’ मा अभिनय गरेकी छिन् । फिल्मका मुख्य नायक भने नयाँ नै हुन् । सलिममान बानियाँले झरनाको फिल्मबाट नेपाली रजतपटमा नव नायकको रुपमा प्रवेश गरेका छन् । नयाँको तिव्र खोजीमा भैतारिरहेका फिल्मकर्मीमाझ झरनाले कसरी पाइन् त नयाँ नायक ?
मज्जाको अनलाइन डटकमसँग झरनाले खुलाइन्, ‘मलाई मेरो छोरीले नयाँ नायक खोजिदिएकी हुन् ।’ झरनाका अनुसार उनकी छोरीको साथीको साथी मार्फत सलिममान भेटिएका हुन् । ‘हेर्दा क्युट लाग्यो । अभिनय पनि गर्न सक्ने राम्रो नाच्ने पनि । त्यसैले छोरीकै रोजाइको नायकलाई फिल्ममा राखेको हुँ’ झरनाले भनिन् । कोरियन लुक्सका सलिममान साम्राज्ञीको अपोजिटमा प्रस्तुत हुनेछन् ।
सुनिल कुमार थापको निर्माण रहेको फिल्ममा साम्राज्ञी र सलिममानसँगै सलोन बस्नेत, अनुभव रेग्मी, अनुरागमानसिंह कुँवर लगायत अन्य नव कलाकारहरुको फिल्म अभिनय रहेको छ ।एक साता काठमाण्डौंको छायाँकन सकेर ‘ए मेरो हजुर’ युनिट यसै साता पोखरातर्फ जाँदैछ । सञ्जय लामाले खिचिरहेको फिल्मको मनाङमा पनि छायाँकन हुनेछ । साम्राज्ञीको एउटा गीतको छायाँकन सकिएको छ, जसको कोरियोग्राफी कविराज गहतराजले गरेका छन् ।
For More videos Log on to Mazzako TV