छविराज भन्छन्, ‘छोराको दबाबले बिहे गर्न लागें, शिल्पाको उत्तर आउँन बाँकी छ’
यतिबेला पाका निर्माता छविराज ओझाको चौथो बिहेको चर्चा छ । छविराज व्यानरकै ‘लज्जा’ फिल्म बाट नेपाली फिल्म क्षेत्रमा भित्रिएकी नायिका शिल्पा पोखरेलेसँग छविराजको बिहेको अपुष्ट खबर व्यापक छ । उसो त दशैंमा रिलिज हुने छविराजको निर्माणमा शिल्पाले अभिनय गरको फिल्म ‘किस्मत २’ प्रति दर्शकको ध्यान तान्न छविराजले आफ्नै नायिकासँग बिहेको हल्ला चलाएको भन्ने एकथरीको टिप्पणी छ । खास कुरो के हो ?
‘लज्जा ‘फिल्मको सेटमा छविराज र शिल्पा ।
‘बिहेको हल्ला सत्य हो’ मज्जाको अनलाइन डटकमसँग निर्माता ओझाले भने । पचास काटिसक्दा किन फेरी पनि छविराजले बिहे गर्ने मनस्थिति बनाए त ? यसको कारण बारे उनले भने, ‘म आफैंले मात्रै बिहे गर्छु भनेको होइन । बुढी आमादेखि छोरासम्मले मेरो बिहेको लागि दबाब दिए । त्यसपछि मात्रै मैंले बिहे गर्ने मनस्थिति बनाएको हुँ ।’ यसो हो भने उनले के शिल्पासँगै बिहे गर्ने तयारी गरेका हुन् त ? छविराजसँग गरिएको मज्जाको कुराकानी हेर्नुस् :
यस बारे छविराज भन्छन्, ‘अहिले मेरो नजिकको भनेकै शिल्पा हो । जसको मेरो नामले गर्दा बदनाम समेत भएको छ । मैंले सुरुमा त उहाँलाई नै सोध्नु पर्यो नि ।’ शिल्पा जीबाट उत्तर के आयो त ? ‘उत्तर आउँन बाँकी छ । यो कुरा एक महिनापछि थाहा हुन्छ ।’ छविराजले शिल्पासँग कानुनी विवाह समेत गरिसकेको फिल्मी बजारमा चर्चा छ । शिल्पासँग कानुनी विवाह भैसकेकै हो त ? छविराज विश्वासका साथ भन्छन्, ‘म भोज गरेरै बिहे गर्छु । यस्तो कुरा थाहा छैन ।’ पुर्व पत्नी रेखा थापासँग भने छविले केही महिना अगाडी कानुनी रुपमा सम्बन्ध विच्छेद गरेका थिए ।
For More videos Log on to Mazzako TV