पछिल्लो समय रुचाइएका गीतका गायक युवराज चौलागाईंले भदौ ९ गते कृष्णजन्माष्टीमा आफ्नो जन्मदिन मनाए । उनले जन्मदिनमा सरप्राइज वर्थ केक सहित विशेष उपहार समेत पाए । कसले काटिदियो उनलाई सरप्राइज केक अनि के पाए उनले विशेष उपहार ?

yuvaraj-chaulaguin-krisa-chaulaguin1

निर्मात्री तथा बहिनी मान्दै आएकी कृषा चौलागाईंले युवराजलाई सरप्राइज वर्थ डे केक र गितार उपहार दिइन् । जन्मदिनम नसोचेको माहोल तथा उपहार पाउँदा युवराज ‘अवाक्’ बनें । ‘मैंले त यस प्रकारको माहोल र उपहारको अपेक्षा गरेकै थिइँन’ युवराजले भने, ‘बहिनीलाई धेरै धेरै धन्यवाद छ ।’ सिमित सर्कलबिच युवराजको जन्मदिन मनाइएको थियो ।

yuvaraj-krisa-jaya

यता बहिनी कृषाले भने आफुले दाईको खुसीको लागि यस प्रकारको सरप्राइज दिएको बताइन् । युवराजले कृषाको फिल्म ‘पलाँस’ को एक गीतमा स्वर समेत दिएका छन् । जन्मदिनको माहोलमा उनले फिल्मको उक्त गीत समेत गुन्गुनाएका थिए ।

युवराजकै संगीत रहेको आधुनिक गीत ‘हरेक शब्द’, फिल्म ‘नोभेम्वर रेन’ को ‘तिमीलाई के भनौं’ र ‘क्लासिक’ को ‘हारें हारें’ बोलको गीत दर्शक तथा श्रोतामाझ प्रिय छन् । यिनै गीतबाट युवराजले थुप्रै पुरस्कार तथा सम्मान पाएका छन् ।

For More videos Log on to Mazzako TV