‘सकुन्तला’ राजेश हमाल शुक्रबारबाट राजधानीमा पनि
महानायक राजेश हमाल शिर्ष भूमिकामा प्रस्तुत भएको फिल्म ‘सकुन्तला’ शुक्रबारदेखि राजधानीबाट पनि प्रदर्शनमा आएको छ । बिहिबार कृष्णजन्माष्टमीको अवसर पारेर मोफसलमा प्रदर्शन भएको महानायकको फिल्म शुक्रबारदेखि राजधानीका दर्जन बढी हलबाट प्रदर्शनमा आएको हो ।
दिनेश श्रेष्ठको निर्देशन रहेको फिल्म ‘सकुन्तला’ मा महानायक हमाल नारी अवतारमा प्रस्तुत भएका छन् । उनीसँगै फिल्ममा किशोर खतिवडा, अनु शाह, स्मृति श्रेष्ठ लगायतको अभिनय रहेको छ । राजेश हमाल पहिलो पटक फिल्ममा यस प्रकारको भूमिकामा प्रस्तुत भएका हुन् । पछिल्लो समय राजेश अभिनित फिल्मले व्यापारिक सफलता पाइरहेका छैनन् । भिन्न भूमिकामा प्रस्तुत भएका राजेशले ‘सकुन्तला’ बाट सफलता पाउलान् ?