‘जात्रा’ टिजर रिलिज : पैसाले हसाउँछ कि रुवाउँछ ?
फिल्म ‘जात्रा’ को टिजर सार्वजनिक भएको छ । प्रदीप भट्टराईको निर्देशन रहेको ‘जात्रा’ को टिजरमा कलाकार विपिन कार्की हावी भएका छन् भने फिल्मका कार्यकारी निर्माता समेत रहेका कलाकार रविन्द्रसिंह बाँनिया पनि टिजरमा संवाद सहित झुल्किएका छन् । टिजर यस्तो छ :
कात्तिक १९ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘जात्रा’ मा नायिका वर्षा राउतको पनि अभिनय रहेको छ । तर उनलाई टिजरमा स्थान दिइएको छैन । सिंगे लामा र गादव पौडेल निर्माता रहेको फिल्मलाई दिर्घ गुरुङले खिचेका हुन् । हाल ‘जात्रा’ को सम्पादन कार्य भैरहेको छ ।
For More videos Log on to Mazzako TV