nikhil-benisa-king1

फिल्म ‘किङ्ग’ को लिरिकल अडियो गीत रिलिज गरिएको छ । चर्चित गीत ‘बनमा फूल्यो फूल’ को केही शब्द तथा लयलाई समेत पक्रिइएको ‘भ्रुम भ्रुम’ बोलको गीतमा सुजेन्द्र डि कार्कीले संगीत दिएका छन् भने स्वर बिनोद ढकालको छ । शब्द सुजेन्द्र र बिनोद दुवैको छ । अडियो सुन्नुुस् :

सविर श्रेष्ठ निर्देशित फिल्म ‘किङ्ग’ मा नायक निखिल उप्रेती शिर्ष भूमिकामा प्रस्तुत भएका छन् भने नायिका वेनिशा हमाल फिल्मकी सोलो नायिका हुन् । यस्तै कलाकार अनुपविक्रम शाही, प्रस्तुतकर्ता जगन श्रेष्ठको पनि फिल्ममा महत्वपूर्ण भूमिका रहेको छ । निर्माता जयन श्रेष्ठले आफ्नो फिल्मको प्रदर्शन मिति असोज २१ लाई तोकेका छन् ।

सार्वजनिक गरिएको ‘किङ्ग’ को लिरिकल अडियोे गीत युवा पुस्ताले रुचाउने खालको छ । जगनले नै निर्माण गरेको फिल्म ‘कसम’ को ‘बनमा फूल्यो फूल’ को लयले श्रोतालाई सम्झन सजिलो गराउन सक्छ । ‘किङ्ग’ युनिटले यो गीतलाई प्रोमोश्नल गीतको रुपमा प्रयोग गर्नेछ ।

For More videos Log on to Mazzako TV