झरनाले सुटुक्क सुरु गरिन् डेव्यु फिल्मको एक्सन कट्
अभिनेत्री झरना थापा एक्सन कटमा उत्रिएकी छिन् । गत शुक्रबारदेखि झरनाले ‘ए मेरो हजुर २’ को काठमण्डौदेखि छायाँकन सुरु गरेकी हुन् । तर झरनाले आफ्नो डेव्यु फिल्म फ्लोरमा गएको जानकारी बाहिर ल्याएकी छैनन् । किन त ?
बुझिएअनुसार झरना फिल्मको छायाँकन सुरु हुनुभन्दा पहिला भव्य कार्यक्रम गरेर कलाकार तथा प्राविधिकको टोलीलाई मिडियासँग परिचय गर्ने योजनामा थिइन् । तर कामको चापले गर्दा झरनाले त्यस प्रकारको कार्यक्रम गर्न सकिनन् । त्यसैले फस्ट लुक रिलिज गर्ने गरी सामानय पूजाअजा गरेर झरना सुटिङ थाल्नतिर लागिन् । केही दिन काठमाण्डौको छायाँकन सकेर झरना पोखरातिर लाग्नेछिन् ।
‘ए मेरो हजुर २’ को मनाङमा पनि छायाँकन हुनेछ । फिल्मलाई सञ्जय लामाले खिचिरहेका छन् । झरनाले मिडियामा साम्राज्ञीराज्य लक्ष्मी शाह, सलोन बस्नेत र अनुभव रेग्मीको नाम मात्रै सार्वजनिक गरेकी छिन् । साम्राज्ञीको अपोजिटमा एक जना नव नायक छन् ।
For More videos Log on to Mazzako TV