निशा र गौरवले अब विद्यालयमा पढाउने !
निशा अधिकारी, गौरव पहारी, भोलाराज सापकोटा, अभय बराल, आकाश पल, कुलदिप अधिकारी, सद्भाव थापा मुख्य भूमिकामा रहने गरी फिल्म ‘कुम्भकरण’ बन्ने भएको छ । यही २० गतेदेखि छायाँकन प्रारम्भ हुने फिल्म प्राथमिक तहको अध्यापन शैलीमा आधारित छ ।
दिपक वलीको निर्देशन रहने फिल्म ‘कुम्भकरण’ मा नायिका निशा अधिकारी अंग्रेजी पढाउने शिक्षिका र गौरव पहारी नेपाली पढाउने शिक्षकको भूमिकामा प्रस्तुत हुँदैछन् भने भोलाराजको भूमिका प्रधानाध्यपकको छ । आकाश पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा रोम वली कार्यकारी निर्माता, क्षितिज बस्नेत र खड्ग वुढाथोकी निर्माताको रुपमा रहेका छन् ।
फिल्ममा महेश दवाडीको कथा, पटकथा तथा संवाद, हरी लामाको छायांकन रहनेछ भने विनोद ढकाल, गोविन्द मधुर आचार्य र जयन जेको संगीत तथा सुरेन बसेलको नृत्य निर्देशन रहनेछ । फिल्मको छायाँकन प्यूठान र दाङमा हुनेछ ।
For More videos Log on to Mazzako TV