निखिलको जस्तो भएन विराजको कमव्याक : कस्तो होला रमेशको ‘ब्रासलेट’
भोजपुरी फिल्ममा व्यस्त भैरहेका नायक विराज भट्ट पाँच वर्षपछि नेपाली फिल्ममा फर्किए । विराजको कमब्याकवाला फिल्म ‘जय परशुराम’ साउनको अन्तिम सातादेखि प्रदर्शनमा आएको थियो । विराजको कमव्याक दबंग हुने धेरैले अड्कल काटेका थिए । के सोचे जस्तै भयो त विराजको कमव्याक ?
फिल्म प्रदर्शनपछिको व्यापारिक रिपोर्टलाई हेर्ने हो भने विराजको कमव्याक सोचे जस्तो दबंग हुन सकेन । अझ भनौं गत साल ‘भैरव’ मार्फत कमव्याक भएका नायक निखिल उप्रेतीको जस्तो कमव्याक विराजको भएन । निखिलको ‘भैरव’ जस्तो विराजको ‘जय परशुराम’ ले हलमा उधुम दर्शन तान्न नसकेको हलवालाको भनाई छ । उसो त निखिललाई काँधमा हालेका दर्शकले विराजको हलमा प्रत्यक्ष दर्शन समेत पाएनन् । विराजको ‘जय परशुराम’ ले ठिकठाकको व्यापार गरेको वितरक बताउँछन् ।
यता एक समयका चकलेटी नायक रमेश उप्रेती पनि लामो समयपछि नेपाली फिल्ममा फर्किएका छन् । फिल्म ‘ब्रासलेट’ रमेशको कमव्याक फिल्म हो । जुन फिल्म यही भदौ १७ गतेदेखि अल नेपाल प्रदर्शनमा आउँदैछ । रमेशको कमव्याक कस्तो होला त ? के निखिलको जस्तै दर्शकमाझ रमेशको पनि हाईहाई होला ?
For More videos Log on to Mazzako TV