तीन नायिकाहरु केकी अधिकारी, रिमा विश्वकर्मा र वेनिशा हमालले फिल्म ‘स्वर’ बाट रजतपटमा डेव्यु गरेका हुन् । एकै फिल्मबाट फिल्मी करिअर सुरु गरेका केकी, रिमा र वेनिशाबिच गहिरो मित्रता पनि थियो । तर, तीन मध्ये रिमा र वेनिशाबिचको मित्रतामा केही समयदेखि दरार आएको छ ।

reema-benisha

सुनिए अनुसार रिमा र वेनिशा लामो समयदेखि एक अर्कामा बोल्दैनन् । पहिला पहिला कुनै कार्यक्रममा एकसाथ जाने यिनीहरु अहिले भने एकै कार्यक्रममा एकै फ्रेममा समेत पर्दैनन् । गत साता सम्पन्न फिल्म ‘वीर विक्रम’ को प्रिमियरमा पनि यस्तै भयो । रिमा र वेनिशा फरक फरक समयमा कुमारी हलमा प्रवेश गरेका थिए तर उनीहरुले एकै फ्रेममा फोटो खिचाएनन् ।

रिमा र वेनिशाबिच किन बोलचाल छैन ? त्यो उनीहरुले खुलाएका छैनन् । तर घनिष्ठ मित्रतामा बोलचाल नै बन्द हुनुपर्ने कारण भने चानचुने नरहेको उनीहरु निकट बताउँछन् ।

For More videos Log on to Mazzako TV