सहकारी संस्थाद्वारा बसुन्धरा सहित पाँच महिला सम्मानित
ललित ब्युटिसियन बहुउद्देशिय सहकारी संस्थाले तीज माइती मेलाको आयोजना गर्दै विभिन्न क्षेत्रमा योगदान पुर्याएका पाँच महिलाहरुलाई सम्मान गरेको छ । शनिबार ललितपुरमा तीज कार्यक्रमको आयेजना गर्दै मिना रिमाल न्यौपाने संस्थापक अध्यक्ष रहेको उक्त सहकारी संस्थाले पाँच महिलाहरुलाई सम्मान गरेको हो ।
वरिष्ठ कलाकार बसुन्धरा भूषाल, सन् २००२ की मिस नेपाल उषा खड्गी, ब्युटिसियन चिनु गुरुङ, चित्रकार जया शर्मा र उनका सञ्चारकर्मी पति सुव्रत आचार्य अनि नृत्यङ्गना रोमा न्यौपानेलाई रु.दश हजार सहित सम्मान गरियो । कार्यक्रमका प्रमुख अतिथि माननिय मदन बहादुर आचार्यले सम्मानित व्यक्तित्वलाई सम्मान पत्र हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा कलाकारहरु दिपाश्री निरौला, किरण केसी, कुञ्जना घिमिरे ‘सुन्तली’, गायिका निशा सुनार लगायत उपस्थित थिए । ललित ब्युटिसियन बहुउद्देशिय सहकारी संस्थाले प्रत्येक वर्ष तीज कार्यक्रमको आयोजना गर्दै विभिन्न क्षेत्रमा सक्रिय महिलाहरुलाई सम्मान गर्दै आइरहेको छ ।